YouTube Link

विश्वभर ११ करोड ३० लाख व्यक्ति भोकमरीको चपेटामा परेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख

Facebook Link

एजेन्सी: सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ ।

युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो । द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरिया लगायतका विश्वका आठ मुलुकमा सम्पूर्ण जनसङ्ख्याको दुई तिहाइ जनतामा भोकमरीको खतरा रहेको राष्ट्रसंघ खाद्यान्न तथा कृषि संगठनले सन् २०१९ का लागि तयार पारेको विश्वव्यापी खाद्यान्न संकट प्रतिवेदनमा उल्लेख छ ।

तीन वर्ष पहिलेदेखि शुरू गरिएको यो बार्षिक अध्ययनले विश्वका धेरै मुलुकहरू खाद्यान्न संकटको समस्याबाट अघि बढेको देखिएको जनाएको हो । अफ्रिकी मुलुकहरूमा अन्य मुलुकको अनुपातमा बढी खाद्यान्न संकट रहेको छ । अफ्रिका महादेशका करिब सात करोड २० लाख जनता अति भोकमरीको समस्याबाट गुज्रिएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्व र असुरक्षा भोकमरी सिर्जना हुनुको प्रमुख कारक रहेपनि आर्थिक कमजोरी, खडेरी तथा बाढीजस्ता जलवायुजन्य संकटका कारण पनि यो समस्या विकराल बनेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि सन् २०१७ को तुलनामा यो समस्याबाट पीडित विश्वको जनसङख्यामा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१७ मा १२ करोड ४० लाखको हाराहारी विश्वको जनसङ्ख्याले अति भोकमरीको समस्या व्यहोरेको थियो । सन् २०१८ मा मौसमी अनुकुलता तथा सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकमा अघिल्ला बर्षको तुलनामा शान्तिपूर्ण अवस्था आएकोले यो समस्यामा गत बर्ष केही कमी आएपनि यसलाई स्थिर परिणामका रूपमा हेर्न नमिल्ने एफएओले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...