YouTube Link

विश्वभर ११ करोड ३० लाख व्यक्ति भोकमरीको चपेटामा परेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ ।

युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो । द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरिया लगायतका विश्वका आठ मुलुकमा सम्पूर्ण जनसङ्ख्याको दुई तिहाइ जनतामा भोकमरीको खतरा रहेको राष्ट्रसंघ खाद्यान्न तथा कृषि संगठनले सन् २०१९ का लागि तयार पारेको विश्वव्यापी खाद्यान्न संकट प्रतिवेदनमा उल्लेख छ ।

तीन वर्ष पहिलेदेखि शुरू गरिएको यो बार्षिक अध्ययनले विश्वका धेरै मुलुकहरू खाद्यान्न संकटको समस्याबाट अघि बढेको देखिएको जनाएको हो । अफ्रिकी मुलुकहरूमा अन्य मुलुकको अनुपातमा बढी खाद्यान्न संकट रहेको छ । अफ्रिका महादेशका करिब सात करोड २० लाख जनता अति भोकमरीको समस्याबाट गुज्रिएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्व र असुरक्षा भोकमरी सिर्जना हुनुको प्रमुख कारक रहेपनि आर्थिक कमजोरी, खडेरी तथा बाढीजस्ता जलवायुजन्य संकटका कारण पनि यो समस्या विकराल बनेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि सन् २०१७ को तुलनामा यो समस्याबाट पीडित विश्वको जनसङख्यामा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१७ मा १२ करोड ४० लाखको हाराहारी विश्वको जनसङ्ख्याले अति भोकमरीको समस्या व्यहोरेको थियो । सन् २०१८ मा मौसमी अनुकुलता तथा सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकमा अघिल्ला बर्षको तुलनामा शान्तिपूर्ण अवस्था आएकोले यो समस्यामा गत बर्ष केही कमी आएपनि यसलाई स्थिर परिणामका रूपमा हेर्न नमिल्ने एफएओले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...