YouTube Link

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र वेस्ट ब्रोमले खेल बराबरी

Facebook Link

एजेन्सीः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ब्रोमसँग बराबरी खेलेको छ ।

वेस्ट ब्रोमको मैदानमा भएको खेलमा पहिलो हाफमा घरेलु टोलीले तीन गोल गर्दा दोस्रो हाफमा चेल्सीले तीन गोल फर्कायो ।

घरेलु टोलीका कलुम रोविन्सनले २ तथा कायल बार्टलीले १ गोल गरे । चेल्सीका लागि मासोन माउन्ट, हड्सन ओडोई र टमी अब्राहमले गोल गरे ।

खेलमा अग्रता घरेलु टोलीले चौथो मिनेटमा बनायो । रोविन्सनले चेल्सीका डिफेन्डर मार्कोस अलन्सोको कम्जोरीको फाइदा उठाउँदै खेलमा १–० को अग्रता बनाए ।

२५औं मिनेटमा प्रिमियर लिगमा डेब्यु खेल खेलेका थिएगो सिल्भाको गल्तीमा रोविन्सनले दोस्रो गोल गर्दा चेल्सी २–० ले पछि पर्यो । त्यसको २ मिनेट लगतै बार्टलीले गोल गर्दा घरेलु टोलीले खेलमा ३–० को बलियो अग्रता बनायो ।

दोस्रो हाफमा तथा खेलको ५५औं मिनेटमा चेल्सीका माउन्टले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा काई हावट्र्जको पासमा हड्सन ओडोईले गोल गर्दा चेल्सीले खेलमा पुनरागमनको संकेत देखायो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा अब्राहमले गोल गरेपछि चेल्सी हारबाट जोगियो ।

बराबरीसंगै चेल्सीले तीन खेलमा ४ अंक जोडेको छ । चेल्सीले यससअघि खेलेका दुई खेलमा १ मा जित र एकमा पराजयको सामना गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...