इण्डियन प्रिमियर लिगमा कोलकत्ता नाइटराईजर्ससँग हैदराबाद पराजित
वि.सं.२०७७ असोज ११ आइतवार ०८:२६
1.9K
shares
एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइटराईजर्सले पहिलो जित निकालेको छ ।
कोलकत्ताले सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले ३ विकेटको क्षतिमा १८ ओभरमा भेट्टायो ।
कोलकत्तालाई सहज जित दिलाउन सुभमन गिलले नटआउट ७० रनको पारी खेले । ६२ बलमा गिलले पाँच चौका र २ छक्का प्रहार गरे । यस्तै नटआउट ४२ रन बनाएका इयान मोर्गनले २९ बलमा ३ चौका र दुई छक्का हिर्काए ।
नितेश रानाले २६ रन बनाउँदा दिनेश कार्तिक र सुनिल नाराईनले खाता खोल्न सकेनन् । रसिद खान, थंगारसु नटराजन र खालिल अहमदले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउन सक्यो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा रिद्धिमन शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए । जोनी वेरस्टो ५ रनमा आउट भए । कोलकत्ताका प्याट कमिन्स, वरुन चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।
वि.सं.२०७७ असोज ११ आइतवार ०८:२६



















