YouTube Link

इण्डियन प्रिमियर लिगमा कोलकत्ता नाइटराईजर्ससँग हैदराबाद पराजित

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइटराईजर्सले पहिलो जित निकालेको छ ।

कोलकत्ताले सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले ३ विकेटको क्षतिमा १८ ओभरमा भेट्टायो ।

कोलकत्तालाई सहज जित दिलाउन सुभमन गिलले नटआउट ७० रनको पारी खेले । ६२ बलमा गिलले पाँच चौका र २ छक्का प्रहार गरे । यस्तै नटआउट ४२ रन बनाएका इयान मोर्गनले २९ बलमा ३ चौका र दुई छक्का हिर्काए ।

नितेश रानाले २६ रन बनाउँदा दिनेश कार्तिक र सुनिल नाराईनले खाता खोल्न सकेनन् । रसिद खान, थंगारसु नटराजन र खालिल अहमदले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउन सक्यो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा रिद्धिमन शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए । जोनी वेरस्टो ५ रनमा आउट भए । कोलकत्ताका प्याट कमिन्स, वरुन चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...