Health Ad
YouTube Link

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित दर्ता

Khanepani Dhal
Facebook Link

काठमाडौं: इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ । यो सँगै बेंगलोरको अघिल्लो चरण कठिन बन्न थालेको छ । १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो ।

राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे ।

टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।

विराट कोहलीले २५ बलमा ३ चौका सहित २३, एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । ओपनर कोहलीलाई सातौं ओभरको तेस्रो बलमा श्रेयस गोपालले बोल्ड आउट गरे । गोपलले नवौं ओभरको तेस्रो बलमा डी भिलीयर्सलाई आफैं उत्कृष्ट क्याच लिदैं पेभिलिएनको बाटो फर्काए ।

बेंगलोरले आफ्नो पाँचौ खेल आगमी ५ अप्रिलमा कोलकता नाइट राइडसँग खेल्ने छ । राजस्थानले पनि ७ मार्चमा कोलकताको सामना गर्ने छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...