जर्मन क्लब बायर्न म्युनिखले जित्यो यूईएफए सुपर कपको उपाधि

वि.सं.२०७७ असोज ९ शुक्रवार १०:०३
1.1K
shares
एजेन्सीः जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई २–१ गोल अन्तरले हराउँदै यूईएफए सुपर कपको उपाधि जितेको छ ।
करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो ।
खेलमा अग्रता सेभियाले १३औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो ।
बायर्नका लियोन गोरेत्काले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्टिनेजले बायर्नका लागि विजयी गोल गरेका हुन् ।
बायर्नले गत महिनामात्र च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १०:०३