YouTube Link

मन्त्रीपरिषद बैठकले बारा र पर्साका प्राकृतिक विपत प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन

Facebook Link

काठमाडौं: सरकारले बारा र पर्साका प्राकृतिक विपत प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र, सामाजिक तथा गैह्सरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरि विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

घाईतेहरुको उपचारको सम्पुर्ण व्यवस्था सरकारले मिलाउने भएको छ । त्यसैगरी घाईतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा असक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । विपत प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपद बाट भएको क्षतिको विवरण यथाशिघ्र तयार गर्ने, मुल्यांकन गर्ने तथ्य र विवरण सहितको यथार्थ परिस्थिति स्पष्ट भईसकेपछि पुनरस्थापना तथा पुननिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले २७ जनाको मृत्यु भएको ६ सय १३ जना घाईते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ । त्यसैगरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

घटना लगत्तै उद्धार गर्ने, हेरविचार र राहत दिने र अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्ने, समाचार सम्प्रेषण गर्ने सुरक्षा निकाय तथा सुरक्षाकर्मी, प्रशासनिक संयन्त्र, कर्मचारी, सरकारी तथा निजी अस्पतालका चिकित्सक, नर्स लगायतका स्वास्यकर्मी , रक्तदाता, संघिय तथा स्थानीय तहका प्रतिनिधि, नीजि क्षेत्रका संघ संस्था तथा प्रतिनिधि, संचारमाध्यम सम्पुर्ण निकाय तथा आम समुदायबाट भएको सहयोगका लागि सरकारले धन्यवाद दिएको छ ।

प्रदेश सरकार लगायत सबै तहका निकायसंग समन्वयात्मक ढंगले राहत तथा पुनरस्थापनाको काम गर्ने निर्णय बैठकले गरेको छ । उद्धार कार्य सकिएकाले घाईतेको उपचार र तत्कालको बसोबासको प्रारम्भीक काम सकेपछि दीर्घकालिन व्यवस्थापनबारे निर्णय गरिने जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...