YouTube Link

मन्त्रीपरिषद बैठकले बारा र पर्साका प्राकृतिक विपत प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन

Facebook Link

काठमाडौं: सरकारले बारा र पर्साका प्राकृतिक विपत प्रभावितहरुको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र, सामाजिक तथा गैह्सरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरि विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

घाईतेहरुको उपचारको सम्पुर्ण व्यवस्था सरकारले मिलाउने भएको छ । त्यसैगरी घाईतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा असक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । विपत प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपद बाट भएको क्षतिको विवरण यथाशिघ्र तयार गर्ने, मुल्यांकन गर्ने तथ्य र विवरण सहितको यथार्थ परिस्थिति स्पष्ट भईसकेपछि पुनरस्थापना तथा पुननिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले २७ जनाको मृत्यु भएको ६ सय १३ जना घाईते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ । त्यसैगरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

घटना लगत्तै उद्धार गर्ने, हेरविचार र राहत दिने र अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्ने, समाचार सम्प्रेषण गर्ने सुरक्षा निकाय तथा सुरक्षाकर्मी, प्रशासनिक संयन्त्र, कर्मचारी, सरकारी तथा निजी अस्पतालका चिकित्सक, नर्स लगायतका स्वास्यकर्मी , रक्तदाता, संघिय तथा स्थानीय तहका प्रतिनिधि, नीजि क्षेत्रका संघ संस्था तथा प्रतिनिधि, संचारमाध्यम सम्पुर्ण निकाय तथा आम समुदायबाट भएको सहयोगका लागि सरकारले धन्यवाद दिएको छ ।

प्रदेश सरकार लगायत सबै तहका निकायसंग समन्वयात्मक ढंगले राहत तथा पुनरस्थापनाको काम गर्ने निर्णय बैठकले गरेको छ । उद्धार कार्य सकिएकाले घाईतेको उपचार र तत्कालको बसोबासको प्रारम्भीक काम सकेपछि दीर्घकालिन व्यवस्थापनबारे निर्णय गरिने जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...