YouTube Link

क्यानद्वारा सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान

Facebook Link

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ ।

बिहिबार क्यानले मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।

योग्य तथा इच्छुक ब्यक्तिहरुले आगामी असोज ७ गतेभित्र आ-आफ्नो निवेदन बुझाई सक्नुपर्नेछ ।

क्यानले आईसीसीसँगको समन्वयमा मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको खोजीमा छ ।

यसअघि गत फेब्रुहरीमा नेपालका नियमित मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)संग समन्वय गर्दै रिक्त रहेको पदमा बिज्ञापन खुलाएको हो ।

यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...