क्यानद्वारा सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान
वि.सं.२०७७ भदौ १८ बिहीवार १०:४६
1.8K
shares
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ ।
बिहिबार क्यानले मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।
योग्य तथा इच्छुक ब्यक्तिहरुले आगामी असोज ७ गतेभित्र आ-आफ्नो निवेदन बुझाई सक्नुपर्नेछ ।
क्यानले आईसीसीसँगको समन्वयमा मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको खोजीमा छ ।
यसअघि गत फेब्रुहरीमा नेपालका नियमित मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)संग समन्वय गर्दै रिक्त रहेको पदमा बिज्ञापन खुलाएको हो ।
यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७७ भदौ १८ बिहीवार १०:४६


















