YouTube Link

एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसंग २-० गोल अन्तरले पराजित भएको हो ।

अफगानिस्तानलाई जित दिलाउन सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को जित दिलाए । अफगानिस्तानसंगको हारसंगै समूह ‘ए’ मा रहेको नेपाल जितविहीन बन्दै घर फर्किएको छ । नेपालले ३ खेलमा अंक जोडन सकेन र पुछारमा रहदै प्रतियोगिता सकाएको छ । अफगानिस्तान भने सान्त्वना जितसहित घर फर्किएको छ ।

अफगानिस्तानले ३ अंक जोड्यो । छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसंग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसंग ४-० ले पराजित भएको थियो । यस समूहबाट आयोजक कतार शीर्ष स्थानमा रहदै थाइल्याण्डमा अर्को बर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...