YouTube Link

इण्डियन प्रिमियर लिगमा साविकको विजेता चेन्नई सुपर किङ्सको लगातार दोस्रो जित

Facebook Link

काठमाडौं: साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

फिरोज कोट्ला क्रिकेट स्टेडियममा दिल्लीले दिएको एक सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । यस्तै सुरेश रैनाले ३० तथा केदार जादबले २७ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् ।

सन्दीप पहिलो खेलमा समेत दिल्लीको टोलीमा अटाएका थिएनन् । जितसंगै चेन्नईले २ खेलमा ४ अंक जोडेको छ । र, चेन्नई लिगको शीर्ष स्थानमा छ । दिल्लीले २ खेलबाट २ अंक जोडेको छ । दिल्ली दोस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । दिल्लीले मुम्बई इण्डियन्सलाई हराएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:२३

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम...

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:०३

काठमाडौं: भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ...

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:३९

काठमाडौ: बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक ब्याबसायलाई फुटबलको माध्यमबाट युवा...

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

वि.सं.२०८२ कात्तिक १३ बिहीवार ०७:२०

काठमाडौं: आइसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा...