YouTube Link

इण्डियन प्रिमियर लिगमा साविकको विजेता चेन्नई सुपर किङ्सको लगातार दोस्रो जित

Facebook Link

काठमाडौं: साविकको विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

फिरोज कोट्ला क्रिकेट स्टेडियममा दिल्लीले दिएको एक सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । यस्तै सुरेश रैनाले ३० तथा केदार जादबले २७ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर एक सय ४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् ।

सन्दीप पहिलो खेलमा समेत दिल्लीको टोलीमा अटाएका थिएनन् । जितसंगै चेन्नईले २ खेलमा ४ अंक जोडेको छ । र, चेन्नई लिगको शीर्ष स्थानमा छ । दिल्लीले २ खेलबाट २ अंक जोडेको छ । दिल्ली दोस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । दिल्लीले मुम्बई इण्डियन्सलाई हराएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...