YouTube Link

गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले आपत्ति

Facebook Link

एजेन्सी: गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले आपत्ति जनाएको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि बताएको छ ।

सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी प्रशासनको निर्णयको साउदी अरेबियाले निन्दा समेत गरेको साउदी अरेबियाली समाचार समिति एसपिएले जनाएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत उपस्थितिमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गोलान हाइट्स इजरायलको भएको भन्दै हस्ताक्षर गरेका समाचार आएको थियो ।

सन् १९६७ मा छ दिनको संघर्ष गरी सिरियाली सो भूमि इजरायलले आफ्नो कब्जामा लिएको थियो । हाल उक्त भूभाग इजरायलकै कब्जामा रहेको छ । लामो समयदेखि नै अन्तरराष्ट्रिय चासोको विषय बनेको गोलान हाइट्स अमेरिकाले इजरायली भूमीका रुपमा मान्यता दिएको जनाएको छ । यसले भविष्यमा मध्य पूर्वको शान्ति प्रक्रिया र सुरक्षा स्थायित्वमा नकारात्मक प्रभाव पार्ने साउदी अरेबियाले जनाएको छ । ह्वाइट हाउसमा भएको यस कार्यक्रमपछि र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको भलो चाहने व्यक्तिहरुमध्ये ट्रम्प पनि एक जना भएको बताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...