YouTube Link

इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सको विजयी सुरुवात

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

हिजो भएको खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्दै दिल्लीले विजयी सुरुआत गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १९ ओभर २ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो । मुम्बईका लागि युवराज सिंहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन ।

यस्तै हार्दिक पाण्डयाले ३२ रन जोड्दा क्विन टन डी ककले २७ रन जोडे । दिल्लीका इशान शर्मा र कागीसो राबडाले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोदिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । मुम्बईसंगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा पर्न सकेनन् । दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे । मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए । जितसंगै दिल्लीले २ अंकबाट सिजनको सुरुवात गरेको छ । मुम्बई भने घरेलु मैदानमै पराजित भएको छ ।

आइपिएल अन्तर्गत पहिलो खेलमा कोलकता नाइटराइडर्स विजयी भएको छ । सनराइजर्स हैदराबादलार्इ ६ विकेटले हराउँदै कोलकता विजयी भएको हो । हैदराबादले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकताले २ बल बाकीँ रहँदा भेटएको हो । कोलकताको जितमा नितिश रानाले ६८ रन बनाए भने यान्ड्री रसल म्याचविनिङ नटआउट रहँदै ४९ रन जोडे । हैदराबादका डेभिड वार्नरले ८५ रन बनाए भने विजय संकरले ४० रन जोडे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...