YouTube Link

युरोकप छनोट अन्तर्गतको खेलमा ईटली र स्पेनको जित

Khanepani Dhal
Facebook Link

काठमाडौं: युरोकप छनोट अन्तर्गतको खेलमा ईटली र स्पेनले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । डासीया एरिनामा भएको युरोकपको खेलमा इटलीले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको सातौ मिनटमा नै इटलीले अग्रता बनाएको थियो । उसका लागि बारेलाले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको इटलीले दोश्रो हाफमा पुन एक गोल थप्यो । खेलको ७४ औं मिनटमा किनले गोल गर्दै इटलीका लागि २-० को जित दर्ता गराए । यसैगरी अर्को खेलमा स्पेनले नर्वेलाई २-१ गोल अन्तरले पाखा लगायो । भ्यालेन्सियामा भएको खेलको १६औं मिनटमा स्पेनका लागि रोड्रिगोले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेन विरुद्ध ६५ औं मिनेटमा जे किङले गोल गर्दै नर्वेका लागि खेल बराबरीमा पुर्याए । यसको ६ मिनट नबित्दै फाउलका कारण पाएको पेनल्टीलाई सदुपयोग गर्दै सर्जियो रामोसले गोल गर्दै स्पेनको जित सुनिश्चित गरेका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...