बायर्न म्युनिखलाई जर्मन कप फुटबलको उपाधि
वि.सं.२०७७ असार २१ आइतवार ११:०४
1.5K
shares
एजेन्सीः बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।
यस जितसँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।
बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यस अघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।
वि.सं.२०७७ असार २१ आइतवार ११:०४




















