आईसीसी टेस्ट क्रिकेटमा नयाँ नियम अनुमोदन, बलमा थुक र रर्यालको प्रयोग गर्न नपाउने
वि.सं.२०७७ जेठ २८ बुधवार ०९:४७
1.3K
shares
एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट क्रिकेटमा नयाँ नियमलाई अनुमोदन गरेको छ । यस नियम अनुसार, यदि कुनै खेलाडी खेलको क्रममा कोरोना पोजिटिभ पाईएमा अर्को खेलाडी आएर खेल्न सक्नेछ ।
खेलाडी कोरोना संक्रमित पाईए स्टेडियममा उपस्थित डाक्टरहरुलाई सूचित गरिनेछ र त्यसपछि सम्बन्धित खेलाडीलाई आईसोलेट गरिने छ । नियम अनुसार यदि बलर कोरोना पोजिटिभ पाईए बलर, ब्याट्सम्यानको सट्टा ब्याट्सम्यान र विकेटकीपरको सट्टा विकेटकीपरले मैदानमा खेल्ने अवसर पाउनेछ । यद्यपि यो टेस्ट क्रिकेटमा मात्र कार्यान्वयन हुनेछ । हाल यो वन डे र टि २० मा लागु हुने छैन ।
अब क्रिकेटमा खेलाडीहरूले बलमा थुक र रर्यालको प्रयोग गर्न पाउने छैनन् । यदि कुनै टोलीले दुई पटकसम्म यसो गरेमा चेतावनी दिईने छ, तर बारम्बार थुक र रर्यालको प्रयोग गरेमा बलिङ पक्ष लाई ५ रन पेनाल्टि हुनेछ । नयाँ नियमका अनुसार अम्पायरहरूले बललाई रर्यालले चम्काएरको भेटिएमा तुरुन्तै यसलाई सफा गर्न निर्देशन दिने छन् र पेनाल्टि रनको सजाय निर्देश गर्नुपर्नेछ ।
साथै अव खेलाडीहरू खेलको दौरान हात मिलाउन र अँगालो मार्न समेत नपाउने नियम अनुमोदन भएको छ ।
वि.सं.२०७७ जेठ २८ बुधवार ०९:४७




















