YouTube Link

रविन्द्र मानन्धर ईन्टरनेशनल अनलाईन कराते काता च्याम्पियनसिपको फाईनलमा प्रवेश

Facebook Link

काठमाडौं: नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सदगुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को फाईनलमा प्रवेश गरेका छन् । केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका हुन् ।

उनले सेमिफाईनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाईनल यात्रा तय गरेका थिए । अव उनले उपाधीका लागि फाईनलमा स्पेनका खेलाडीको सामना गर्ने छन् । बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको मानन्धर स्वयंले जानकारी गराएका छन् ।

नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो । अन्य बिधाको सेमिफाईनल सम्पन्न पश्चात फाईनल जुन १३ तारिखमा आयोजना हुने मानन्धरले जानकारी गराए । बिजयी खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ ।

कोभिड १९ बाट बिश्व अक्रान्त भईरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाईन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासिल गर्दै आईरहेका छन् । त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...