कडा नियम पालनाका साथ प्रिमियर लिग क्लबलाई मैत्रीपुर्ण खेल खेल्न अनुमति
वि.सं.२०७७ जेठ २१ बुधवार ०८:४५
1.6K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिगको खेलअघि प्रिमियर लिग क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ । बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुने छैन ।
मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ । खेलाडीहरुको अनिवार्य कोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ । मार्च पहिलो सातायता, क्लबहरुले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।
प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरुले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् । यसै सातोदेखि क्लबहरुले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् । म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल हुनेछ । २० जुनबाट ३०औं चरणका खेलहरु हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ ।
वि.सं.२०७७ जेठ २१ बुधवार ०८:४५



















