YouTube Link

जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखलाई ४ अंकको अग्रता

Facebook Link

एजेन्सीः कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । वायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए । खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दा पहिलो हाफमा घरेलु टोली २-० ले अघि रह्यो ।

दोस्रो हाफमा खेलको ४६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । ५२औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्कफर्टले खेल ३-२ को स्थितिमा ल्यायो । तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४-२ ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५-२ ले विजयी भयो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जित हो । यस अघि वायर्नलेले युनियन बर्लीनलाई २-० ले हराएको थियो । जितसँगै वायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...