YouTube Link

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको विकास क्रमको नालिबेली, राष्ट्रिय खेलकुद परिषदको नेतृत्व सबैको आशा र भरोसाको केन्द्र

Facebook Link

नेपालमा पहिले कुनैपनि मार्सलआर्ट खेल खेलाउन सिकाउन अनुमति दिइएको थिएन । विशेषगरि खेलकुदमा राजपरिवारका रुचि अनुसार खेल दरबारमा मात्र सिमित थियो । देशमा भएको विभिन्न खाले परिवर्तन व्यवस्थासँगै खेलकुदलाई पनि बिस्तार गरियो ।

बि.स. २०१५ साल तत्कालिन शिक्षा मन्त्री पर्शुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रि स्वास्थ तथा खेलकुद परिषद् गठन गरियो । उक्त गठित परिषद्लाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदमा गठित गरियो । प्रत्येक २-२ वर्षमा हुने गरि खेल माहाकुम्भ मेला प्रथम राष्ट्रिय खेलकुद २०३८ साल भदौ २७ बाट सुरुवात गरियो । मार्सल आर्ट भने तेस्रो राष्ट्रिय प्रतियोगिताबाट समाबेश गरेको पाइन्छ । त्यसपछि मार्सल आर्ट अन्तर्गतका विभिन्न संघ महासंघहरु राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरिने सुरुवात भयो ।

मार्सल आर्ट अन्तर्गत कै अत्यन्तै लोकप्रिय खेल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (Nepal International Taelwondo Federation ITF) पनि एक हो । कोरियाबाट उदय भएको यस खेलका संस्थापक अध्यक्ष जनरल च्योइ होङ्ही (General Choi Hong Hi ) थिए । General Choi Hong Hi ले तेक्वान्दोलाई Art of Self Defence भनेका छन् । ITF Teakwondo भन्नाले हात, खुट्टा, आँखाबाट खेलिने एक कलात्मक र रचनात्मक खेल हो । यस खेलको मुख्य उद्देश्य शारीरिक स्वास्थ्यसँगै आत्मरक्षाका निम्ति हो । यसले बौद्धिकता, नैतिक, सामाजिक परिवर्तनसँगै बिश्व शान्तिको अपेक्षा राख्दछ ।

नेपालमा यस खेलको सुरुवात केहि समय अघिबाटै गरिएता पनि आधिकारिक रुपले २०५४ सालमा स्याङ्जाको जिल्ला प्रशासनको कार्यालयमा दर्ता गराएपछि सञ्चालनमा आएको हो । यस खेलको सुरुवाती समयमा भने नेतृत्वको निकै संघर्षबाट जन्मिएको एक ऎतिहासिक महासंघ हो । हिजोबाट आजसम्म आउँदा संस्थाको नेतृत्वलाई भुल्न सकिन्न ।

श्री खड्क बाहादुर रानाभाट (1998)
श्री रामनाथ ढकाल (1999-2000)
श्री राज कुमार थापामगर (2000-2003)
श्री कृष्ण बलाल (2003-2012)
श्री कुमार थापा (2011-2013)
श्री अन्जु नाथ श्रेष्ठ (कार्यबाहक अध्यक्ष 2014 )
हाल श्री अञ्जन धमला 2016

संस्थापक अध्यक्ष खड्क रानाभाटको अध्यक्षतामा महासचिव राजकुमार थापा कोषाध्यक्ष बिद्रोह बिष्ट लगायतका ७ सदस्यबाट दर्ता भएको नेपाल आइटिएफ तेक्वान्दोमा विभिन्न नेतृत्व प्राप्त भएसँगै यस खेलको विकास र विस्तार अघि बढ्दै गयो । सुरुवातमा WTF का राष्ट्रिय कोच तथा राष्ट्रिय खेलाडी राज कुमार थापा र करातेका राष्ट्रिय कोच डम्बर ब. जङ्ग गुरुङलाई Vennia, Austria मा रहेको ITF को Head Quarter बाट निमन्त्रणा आइ सन् १९९८ मा तीन महिने बिशेष तालिम लिएर नेपाल फर्किएपछि प्रशिक्षण गराउन सुरु गरियो । त्यसपछि सन् २००० मा नेपालमा ITF को विकास र विस्तारका निम्ति नेपालमा पहिलो पटक संस्थाका सस्थापक General Choi Hong Hi आफै नेपाल आउनुभयो र सेमिनार दिनुभयो ।

 

मार्सल आर्ट भन्ने बित्तिकै सामाजिक गुन्डा उत्पादन गर्ने कारखानाको हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्त्वपूर्ण भुमिका रहेको छ । युवा अवस्थामा पुगेपछि धेरै युवाहरु लागूऔषधको दलदलमा फस्ने गरेको पाइन्छ, सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन् यस्ता समस्या समाजिक समस्या न्यूनीकरणमा यस संघको निरन्तर प्रभाव रहँदै आएको छ । विद्यालयस्तरबाट नै सिकाइने यस खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ ।

 

सन् २००९ मा नेपाल अर्मी र नेपाल प्रहरी बलमा यस खेल समावेश गराउन सफल भए । आजसम्म आइपुग्दा सबै प्रदेशमा आफ्नो संघ निर्माण गर्नुका सथै सातै वटा प्रदेशमा २००० को हाराहारीमा खेलाडीहरु उत्पादन गर्नुका साथै हजारौ Black Belt, रेफ्री आदि रहेका छन् । विगतको वर्षमा सम्पन्न आठौं राष्ट्रिष खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट सहभागी गराइएको थियो । यस महासंघले नेपालामै विभिन्न ठुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गराउनुका साथ साथै बिदेशमा आयोजना गरिएका अन्तर्रास्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै विभिन्न खाले पदक बिजेता समेत उत्पादन गर्दै आएको छ । यस महासंघको आफ्नै बार्षिक क्यालेन्डर बनाँ विभिन्न गतिविधि गर्ने गरेको छ ।

प्रत्येक वर्ष संस्थापक General Choi Hong Hi को सम्झनामा राष्ट्रिय प्रतियोगिता गराउने, राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, प्रत्येक प्रदेश जिल्लाले आफ्नै स्थानीय सरकार र सरोकारवालाहरुसँगको सहयोगमा राष्ट्रिय प्रतियोगिता गर्ने गराउने गर्दछ महासंघको प्रयेक वार्षिकउत्सवमा समाजिक कार्य मनाईनुका साथै वर्षभरिका गतिविधिको समिक्षा र आगामी योजना तय गर्ने गरिन्छ ।

यस महासंघमा पारदर्शिताका साथ काम गर्ने गरेको छ । माहासंघले सन् २००० मा अन्तर्राष्ट्रिय सेमिनार ITF कै जन्मदातालाई नेपाल ल्याएर सम्पन्न गर्यो भने त्स पछि सन २०१४ मा १००० खेलाडी सहित १९ देशको उपस्थितिमा ७औ एसियायी ITF तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको थियो जुन नेपाल मार्सल आर्ट क्षेत्रकै ऎतिहासिक प्रतियोगिता रहन गयो । दक्षिण एसियाली प्रतियोगिता विकासको र विस्तारमा नेपालको महत्त्वपूर्ण भुमिका रहेको छ । यस महासंघले नेपालमै ४ ओटा दक्षिण एसियाली प्रतियोगिता सम्पन्न गरिसकेको छ (२००८, २०११, २०१४, २०१८) खेलाडी तथा प्रशिक्षकको स्तर विकासका निम्ति विभिन्न समयमा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई नेपाल ल्याएर सेमिनारको आयोजन गर्दै आएको छ ।

यस महासंघको स्थापनाकालदेखि रेखदेख तथा नेतृत्व गर्दै आउनुभएका संस्थापक सदस्यहरु रमेश सिलवाल आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव हुनुहुन्छ त्यस्तै पिताम्वर तिमल्सिना राष्ट्रिय खेलकुद परिषदकै बोर्ड उपाध्यक्ष हुनुहुन्छ भने यस महासंघ स्थापनाकालमा अत्यन्तै सहयोगी अनि अविभावकत्व प्रदान गर्दै आउनु भएको बिष्णु पौडेल आज नेपाल कै शक्तिशाली जनमत प्राप्त पार्टी नेकपाका महासचिव हुनुहुन्छ त्यसैगरी प्रदीप नेपाल नेकपाकै केन्द्रिय सदस्य हुनुहुन्छ भने प्रदिप ज्ञवली नेपाल सरकारको परराष्ट्रि मन्त्री हुनुहुन्छ । राखेपका सदस्य सचिव रहँदै यस खेलको विकास र विस्तारका निम्ति विशेष सहयोग गर्नुहुने युवराज लामा अनि केशव बिस्ट हुनुहुन्छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ खेलकुद गतिविधि मात्र गर्ने गराउने मात्र नभईकन समाजिक कार्यमा पनि उत्तिकै सक्रियताका साथ सहभागीता जनाउँदै आएको छ । तत्कालीन अध्यक्ष कृष्ण बलालको अध्यक्षतामा स्थापना दिवस पारेर रक्तदान कार्यक्रम, वृद्ध आश्रममा खाना खुवाउने, सरसफाई जस्ता रचनात्मक गतिविधि सुरुवात भएसँगै निरन्तर गरिँदै आइरहेको पाइन्छ । हावाहुरी, बाढी पहिरो भुकम्प जस्ता प्रकृतिक प्रकोपको बेलामा पनि आफ्नो ठाउँबाट समाजिक एक्यवद्धता जनाउँदै आएको छ । समाजमा घटेका विभिन्न खाले हिंसाका विरुद्ध आफ्नो ठाउँबाट आवाज उठान गर्दै अएको छ । पछिल्लो समयमा बढ्दै गईहेको महिला हिंसा न्यूनीकरणमा यस महासंघले आफ्नो प्रदेशभर रहेका संघ मार्फत स्थानीय सरकार संघसस्थासँग सहकार्य गर्दै महिलाहरुको आत्मबल वृद्धि गर्ने, आत्मसुरक्षाका निम्ति तालिम गराउँदै आइरहेको छ ।

मार्सल आर्ट भन्ने बित्तिकै सामाजिक गुन्डा उत्पादन गर्ने कारखानाको हो भन्ने भ्रम नेपाली समाजबाट चिर्न यस खेलको महत्त्वपूर्ण भुमिका रहेको छ । युवा अवस्थामा पुगेपछि धेरै युवाहरु लागूऔषधको दलदलमा फस्ने गरेको पाइन्छ, सामाजिक मानसिक चिन्ताले युवा डिप्रेसनमा जाने गरेका छन् यस्ता समस्या समाजिक समस्या न्यूनीकरणमा यस संघको निरन्तर प्रभाव रहँदै आएको छ । विद्यालयस्तरबाट नै सिकाइने यस खेलले जनमानसमा तेक्वान्दोको असली परिभाषा सिकाएको छ । धैर्यता, इमानदारिता, अदम्यसाहास, नम्रता, अत्मबिश्वास जस्ता ५ सिद्धान्तबाट प्रशिक्षण गराइन्छ । खेलकुद मेडल वा सर्टिफिकेटका लागि मात्र नभई शारीरिक, मानसिक र समाजिक रुपमा तन्दुरुस्त रहँदै देशभक्त सच्चा नगरिक बन्न सिकाउने नर्सरी पनि हो । दिनप्रतिदिन असुरक्षित बन्दै गएको हाम्रो समाजमा सुरक्षाको प्रत्याभूत गराउँदै आफ्नो सुरक्षा आफै गर्न सक्ने क्षमताको विकास गर्ने खेलकुदप्रति राज्य वा समाजको कम प्राथमिकता रहेको हुँदा यस महासंघले रचनात्मक तरिकाबाट यसको महत्त्व दर्शाउदै आएको छ । हामीले परिकल्पना गरेको खेलकुदमैत्री समाज, सुन्दर शान्त समाज निर्माणमा यस खेलको पनि एक महत्त्वपूर्ण भुमिका रहँदै आएको छ । यदि सम्बन्धित निकायको अझ साथ रहँदा स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै भविष्यमा पनि यस महासंघ अझ शसक्त रुपमा अगाडि बढ्दै देशलाई एक जिम्मेवार इमान्दार नैतिकवान कर्मनिष्ठ स्वास्थ योद्धा उत्पादन गर्ने माध्यम बन्ने छ ।

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषदमा संघ दर्ता गर्नेको सङ्ख्या बढ्दो छ । लगभग दुई सयको हाराहारिमा पुगेको संघहरु कुनै झोलामा त कति निश्क्रिय अवस्थामा छन् । अहिलेको नेतृत्व यस्तो अवस्थाको विशेष अध्ययन गरि निश्क्रिय रहेका संघलाई कार्वाही गर्ने तथा खारेजी समेत गर्दै संघहरुको व्यवस्थापनमा जुटेको पाइन्छ । तर नेपालमा यस्ता थुप्रै महासंघहरु पनि छन जुन सक्रिय त छन् तर नतिजामा शून्य छन् । राज्यको पुर्ण लगानी अनि विशेष प्राथमिकतामा पर्दै आएका यस्ता संघहरुले पनि नेपाललाई ठोस नतिजा (मेडल दिलाउन) दिन सकिरहेको छैनन् । तर राष्ट्रि खेलकुद परिषदको प्राथमिकताभन्दा बाहिर रहेका संघहरुले भने बेला बेलामा पदक दिलाउन सफल भईरहेको छन ।

नेपाल आइटीएले सुरुवाती समयदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक अरुको तुलनामा नेपाललाई अत्याधिक रुपमै दिलाउँदै आएको छ । पछिल्लो समय नेपाल मै सम्पन्न छैठौं दक्षिण एसियाली आइटीएफ तेक्वान्दो प्रतियोगितामा नेपाललाई ३४ स्वर्ण ४३ रजत ६१ कास्य पदक दिलाउन सफल भएको छ । दुई हजारभन्दा बढी खेलाडी रहेको यस महासंघमा एक हजारको सङ्ख्यामा प्रशिक्षक रेफ्री उत्पादन गरिसकेको छ तर बिड्म्बना यति ठूलो संघका सबै प्रशिक्षक भोलेन्टरका रुपमा प्रशिक्षण गराउँदै आएका छन् विगतदेखि आजसम्म पनि राखेपका प्रशिक्षक नियुक्ति गर्न सकिरहेको अवस्था छैन । प्रत्येक वर्ष नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउँदै आएको, देशका ७ वटै प्रदेशमा विकास र विस्तार गरि खेलकुदको गरिमालाई उच्च पार्दै राज्यको गरिब झुपडीसम्म पुगि राज्यलाई राष्ट्रि तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गराउँदै यस संघ नेपाल आर्मी र नेपाल पुलिस बलमा समेत समावेस गराई उत्कृष्ट नतिजा दिन सफल भईरहेको यस्ता संघहरुलाई पनि समेट्ने गरि राष्ट्रिय खेलकुद परिषदको दायरा अझ फराकिलो बनाउन जरुरी छ । अहिले राष्ट्रिय खेलकुद परिषदको नेतृत्व सबैको आशा र भरोसाको केन्द्र बनेको छ विगतमाभन्दा केही फरक अनि आधुनिक तवरबाट खेलकुद विकास र विस्तार गर्ने कुरामा हामी आम नेपाली खेलाडी प्रशिक्षक विश्वस्त छौ ।

(लेखकः नेपाल आइ टि एफ तेक्वान्दो कार्यकारी सदस्य तथा प्रदेश न २ अध्यक्ष हुन् ।)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...