घनश्यामलाई ओलीले कारबाही गर्दा योगेश बुरुक्क
वि.सं.२०७९ जेठ २२ आइतवार ०८:२६
1.4K
shares
काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी र्शा ओलीले स्थायी समिति सदस्य घनश्याम भुसाललाई कारबाही गरेपछि सचिव योगेश भटराईले आपत्ति जनाएका छन् ।
ओलीको निर्देशनपछि पार्टीको अनुशासन आयोगले भुसाललाई कारबाही गर्ने सिफारिस भएकोप्रति कटाक्ष गर्दै सचिब भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने टिप्पणी गरेका छन् । भट्टराईले भनेका छन् ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ,’ उनले भनेका छन्, ‘आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’
स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए। ‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए।
महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।
स्मरण होस भट्राई र भुसाल १० बुँदे पक्षधर हुन ।
वि.सं.२०७९ जेठ २२ आइतवार ०८:२६




















