YouTube Link

तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पुरा

२ सय भन्दा बढी खेलाडीले कुल ८४ पदकको लागि प्रतिष्पर्धा गर्दै

Facebook Link

काठमाडौंः सिरहा गोलबजार नगरपालिकाको आयोजनमा तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिताकाे तयारी पुरा भएको छ ।

शहिद दानी थापा र पञ्चलाल थापाको ११औं स्मृतिमा असोज १५ र १६ गते तेतरीया जम्दह सरस्वती माविको प्रांगनमा प्रतियोगिता विहान ८ः०० बजे सुरु भएपनि खेलको औपचारिक उदघाटान ११ः०० बजे हुने गोलबजार प्रशिक्षण केन्द्रका प्रशिक्षक कसम लामाले जानकारी दिए ।

पूर्व मन्त्री तथा माओवादी केन्द्र प्रदेश-२ का सह-ईञ्चार्ज विश्रनाथ साहको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन हुने प्रशिक्षक लामाले जानकारी दिए ।

प्रतियोगितामा क्रमशः टिम प्रथमले नगद रु. ५० हजार, टिम द्वितीयले रु. २५ हजार र तृतीय हुने टिमले रु. १५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको पुरुष र महिला उत्कृष्ट खेलाडीले जनाही १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी उदयमान पुरुष र महिला खेलाडीले समान ७ हजार नगद पुरस्कार पाउने प्रशिक्षक लामाले अखबार नेपाललाई जानकारी दिए ।

तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक टिम सहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागचरौर नगरपालिका, कर्णाली प्रदेश, कृष्णपुर नगरपालिका, लालझादी गाउँपालिका कञ्चनपुर, सुदुरपश्चिम प्रदेश, कमलामाई नगरपालिका सिन्धुली, बागमती प्रदेश, धरान उपमहानगरपालिका सुनसरी, कटारी नगरपालिका उदयपुर, प्रदेश-२ र धनुषधाम नगरपालिका धारापानी गरी १० टिमका दुई सय भन्दा बढी खेलाडीले कुल ८४ पदकको लागि दुइ दिन सम्म प्रतिष्पर्धा गर्ने छन् ।

यो पनि पढ्नु होस्ः

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...