Rajshow Bivag

एनआईसी एशिया बैंकले बडादसैँमा बोनस रकम उपलब्ध गराउने

Departmant of helth services

काठमाडौं:   एनआईसी एशिया बैंकले बडादसैँमा बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।  एनआईसी एशिया बैंकले बडादसैँमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी ‘वर्ल्डरेमिट’ मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा रु. ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

 

डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको बडादसैँका अवसरमा बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

 

आज असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै एनआईसी एशिया बैंकको खातामा जम्मा गर्न सकिनेछ। रु. ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ।

 

कोभिड–१९ को जोखिम कायम रहेकै बेला एनआईसी एशिया बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहनुभएका नेपाली नागरिकले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन्।

 

यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ।

 

बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा रहको नेपालीले वर्ल्डरेमिटको एप तथा वेबसाइटबाट एनआईसी एशिया बैंकका खातामा सहजै रकम पठाउन सकिनेछ।

 

डिजिटल बैंकिङलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक’ मार्फत आन्तरिक रेमिट्यान्स सुविधासमेत ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको छ।

 

जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकले आफ्नो बैंकिङ एपभित्रभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

 

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

आइएमई पेको दसैँको झट्का स्किम सार्वजनिक

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...