इटालियन सिरी ‘ए’ मा जारी सिजन युभेन्टसले पहिलो जित दर्ता
युभेन्टसले स्पष्ट तीन अंक
वि.सं.२०७८ असोज ८ शुक्रवार ११:४१
1.9K
shares
एजेन्सीः इटालियन सिरी ‘ए’ मा जारी सिजन युभेन्टसले पहिलो जित दर्ता गरेको छ ।
यो जितसँगै युभेन्टसले स्पष्ट तीन अंक जोडेको छ ।
घरेलु मैदानमा भएको खेलमा स्पेजियालाई ३–२ गोल अन्तले पराजित गर्दै जारी सिजनमा युभेन्टसले पहिलो जित दर्ता गरेको हो ।
यो सिजनको सिरी ‘ए’ मा युभेन्टसले पहिलो जित निकाल्दा मोइस किन, फेड्रिको चिइसा र म्याथ्थिज डी लेग्टले गोल गरे ।
घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए ।
यसअघि, भएका खेलमा युभेन्टसले उडिनेस र एसी मिलानसँग बराबरी खेल्दा इम्पोली र नेपोलीसँग हार बेहोरेको थियो ।
स्पेजियाको मैदानमा बुधबार राति भएको खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट युभेन्टसले सुरुवाती अग्रता लिएको थियो ।
उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए ।
३३औं मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।
६६औं मिनेटमा फेड्रिको चिइसाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याउँदै खेलमा फर्कने संकेत दिए ।
७२औं मिनेटमा म्याथिज डि लेग्टले गोल गर्दै युभेन्टसलाई ३–२ को प्रतिस्पर्धात्मक जित दिलाए ।
पहिलो जितसँगै युभेन्टसको ५ खेलबाट ५ नै अंक जोडेको छ ।
पराजित स्पेजियाको भने ४ अंक मात्र रहेको छ ।
इटालियन सिरी ‘ए’ अन्तर्गतकै अन्य खेलहरूमा इम्पोलीले क्याग्लिएरीलाई तथा एसी मिलानले भेनेजियालाई २–० ले पराजित गर्दा सालेरनिटानाले अलास भेरोनासँग २–२ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ असोज ८ शुक्रवार ११:४१



















