YouTube Link

नेकपा एकीकृत समाजवादीको विषयमा फैसला गर्दै सर्बोच्च, के आउला निर्णय ?

१४ सांसदलाई कारबाहीको माग

Facebook Link

काठमाडौ : नेकपा एकीकृत समाजवादीको विषयमा फैसला गर्दै सर्बोच्च, नेकपा एमालेबाट टुक्रिएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीको विषयमा संभवत आजै सर्बोच्च अदालतले निर्णय गर्ने भएको छ ।

नेकपा एमालेले पार्टी बिभाजन गरेर गएका १४ सांसदलाई कारबाहीको माग गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो ।

नेकपा एकीकृत समाजवादीको विषयमा फैसला गर्दै सर्बोच्च जसको हिजैबाट सर्बोच्चमा बहस चलिरहेको छ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइले आज पनि निरन्तरता पाएको हो ।

आज माधव नेपाल पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् भने ओली पक्षका अधिवक्ताले जवाफी बहस गर्ने छन् ।

आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गरेको तथा सभामुख अग्नि सापकोटाले आफूहरूले कारबाही गरेको पत्रअनुसार ती १४ सांसदलाई सांसद पदबाट नहटाएको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।

आफ्नै अध्यक्ष (ओली) ले प्रतिनिधि सभामा विश्वासको मत लिँदा मत नदिएको आरोपमा पूर्व प्रधानमन्त्री ओलीले माधव नेपालसहित तत्कालीन एमाले सांसद १४ जनालाई पार्टीबाट कारबाही गराएका थिए ।

सोअनुसार सभामुखले ती १४ सांसदलाई पदबाट हटाएको सूचना टाँस गर्नुपर्ने तथा तिनको हस्ताक्षरलाई अमान्य गरी निर्वाचन आयोगले पार्टी दर्ता खारेज गर्नुपर्ने माग ओलीद्वारा दर्ता रिट निवेदनमा गरिएको छ ।

याे पनि पढ्नु हाेस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...