Rajshow Bivag

विश्वकप छनोट खेलमा युरो विजेता इटली बुल्गेरियासँग बराबरी

अर्जेन्टिनाले जित निकाल्दा इटली राेकियाे

Departmant of helth services

एजेन्सीः विश्वकप छनोट खेलमा युरो विजेता इटलीले बुल्गेरियासँग १-१ गोलको बराबरी खेलेको छ ।

युरो २०२० पछि इटललीले खेलेको यो पहिलो खेल थियो ।

यो खेलसँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ ।

९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए ।

इटलीका फेडरियो चिसाले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको ४०औं मिनेटमा बुल्गेरियाका एटानास इलिभले खेलमा बराबरी गोल फर्काए ।

२०१८ मा पोर्चुगलसँग युईएफए नेशन्स कपमा हार व्यहोरेयता रोबर्टो म्यान्सिनीको टोली अपराजित छन् ।

ब्राजिल १९९३ देखि १९९६ सम्म अपराजित रहेको थियो ।

त्यसैगरी २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित थियो ।

 

भेनेजुयलामाथि अर्जेन्टिनाको जित

अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा सहज जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले समान एक-एक गोल गरका थिए ।

भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए ।उक्त गोल जितको लागि अपर्याप्ता भयो ।

एफर्सनको गोल सान्तोना मात्र रहयो ।

भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

भनेजुएलाका लुइज मार्टिनेज रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

अर्जेन्टिनाका लागि पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अर्जेन्टीनाले दोस्रो हाफमा दुई गोल थप्यो ।

७१ औं मिनेटमा जोआक्विनले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा कोरेएराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ३–० भयो ।

खेलमा अर्जेन्टीनाले शानदार विजयी निकाल्यो ।

भेनेजुएलाका सोटेल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गरे पछि अर्जेन्टिना ३–१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिनाले ७ खेलमा १५ अंक जोडेको छ ।

भेनेजुएला ७ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।

त्यस्तै अर्को खेलमा बोलोभिया र कोलम्बियाले १–१ गोलको बराबरी खेलको छन् ।

इक्वेडरले पाराग्वेमाथि २–० गोलको जित निकाल्यो ।

यो पनि पढ्नु होस्ः

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:१९

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने,...

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४२

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख...

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा अमिर...