YouTube Link

विश्वकप छनोट खेलमा युरो विजेता इटली बुल्गेरियासँग बराबरी

अर्जेन्टिनाले जित निकाल्दा इटली राेकियाे

Facebook Link

एजेन्सीः विश्वकप छनोट खेलमा युरो विजेता इटलीले बुल्गेरियासँग १-१ गोलको बराबरी खेलेको छ ।

युरो २०२० पछि इटललीले खेलेको यो पहिलो खेल थियो ।

यो खेलसँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ ।

९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए ।

इटलीका फेडरियो चिसाले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफको ४०औं मिनेटमा बुल्गेरियाका एटानास इलिभले खेलमा बराबरी गोल फर्काए ।

२०१८ मा पोर्चुगलसँग युईएफए नेशन्स कपमा हार व्यहोरेयता रोबर्टो म्यान्सिनीको टोली अपराजित छन् ।

ब्राजिल १९९३ देखि १९९६ सम्म अपराजित रहेको थियो ।

त्यसैगरी २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित थियो ।

 

भेनेजुयलामाथि अर्जेन्टिनाको जित

अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा सहज जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले समान एक-एक गोल गरका थिए ।

भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए ।उक्त गोल जितको लागि अपर्याप्ता भयो ।

एफर्सनको गोल सान्तोना मात्र रहयो ।

भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

भनेजुएलाका लुइज मार्टिनेज रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

अर्जेन्टिनाका लागि पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अर्जेन्टीनाले दोस्रो हाफमा दुई गोल थप्यो ।

७१ औं मिनेटमा जोआक्विनले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा कोरेएराले गोल गरेपछि अर्जेन्टिनाको अग्रता ३–० भयो ।

खेलमा अर्जेन्टीनाले शानदार विजयी निकाल्यो ।

भेनेजुएलाका सोटेल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गरे पछि अर्जेन्टिना ३–१ ले विजयी भयो ।

जितसँगै अर्जेन्टिनाले ७ खेलमा १५ अंक जोडेको छ ।

भेनेजुएला ७ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।

त्यस्तै अर्को खेलमा बोलोभिया र कोलम्बियाले १–१ गोलको बराबरी खेलको छन् ।

इक्वेडरले पाराग्वेमाथि २–० गोलको जित निकाल्यो ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...