YouTube Link

ग्लोबल आइएमई बैंकले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण

Facebook Link

काठमाडौं:  ग्लोबल आइएमई बैंक लिमिटेडले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको हो ।

बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो राहत सामग्री वितरण गरेको हो। बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको छ।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको हो। ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगरको रोहबरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरियो।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपत्तिहरुको समयमा सहयोग गर्दै आएको छ।

यो पनी पढ्नुहोस् :

प्रभु क्यापिटलले प्रभु ऐश्वर्य योजना सञ्चालन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...