काठमाडौंमा आजदेखि विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप
वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:४०
काठमाडौं: काठमाडौंमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइंदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहकोपरीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइने भएको हो ।
काठमाडौं महानगरपालिकाले तोकेको खोप केन्द्र तथा अस्पतालमा आज, भोलि र ८ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म सो खोप उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।
कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।
साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पनी पढ्नुहोस् :
विकास बैंकहरुले बाटो खोलिदिन सरकारसंग आग्रह
वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:४०