YouTube Link

नेपाल राष्ट्र बैंकले अपराह्न ४:१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले अपराह्न ४:१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बैंक सञ्चालक समितिको शुक्रवार बिहान ८:३० बजे बसेको बैठकले अनुमोदन गरेपछि अपराह्न मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

 

सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको थियो । तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोहि अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

 

नेपाल राष्ट्र बैंकले अपराह्न जारी हुने मौद्रिक नीतिले बैंकहरुलाई जथाभावी ऋण लगानी गर्नबाट रोक्ने विशेष प्रावधान ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

 

हालै अर्थमन्त्रीले संसद्मा सार्वजनिक गरेको मुलुकको अर्थतन्त्रको पछिल्लो परिदृश्यले राष्ट्र बैङ्कलाई केही कसिलो नीति जारी गर्न सहज बनाएको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ ।

 

सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा हुनेछ । कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।

 

मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । जसमा कोभिड–को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

 

असार मसान्तमा ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै ब्याजको पुँजीकरण, ग्रेस अवधि थपलगायत कर्जा पुनःसंरचनाका लागि पर्याप्त समय दिइएको पनि जनाइएको छ ।

 

बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर सेवाको गुणस्तर अभिवृद्धिमा जोड, सहुलियत दरको कर्जाको प्रभावकारी परिचालन, डिजिटल बैंकिङलगायत क्षेत्रमा केही नयाँ व्यवस्था समेटेर मौद्रिक नीति ल्याउन लागिएको छ ।

 

यो पनी पढ्नुहोस् :

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्  इन्ष्टिच्युटबीच सम्झौता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...