टोकियोमा स्वर्णको लागि ब्राजिल र स्पेन योकोहामा रंगशालामा शनिबार भिड्नेछन्
ब्राजिल लगातार तेस्रोपल्ट फाइनलमा
वि.सं.२०७८ साउन २० बुधवार ११:४५
1.9K
shares
एजेन्सीः टोकियोमा पुरुष फुटबल स्वर्णको लागि ब्राजिल र स्पेन योकोहामा रंगशालामा शनिबार भिड्नेछन् ।
स्पेनले अयोजक जापानलाई अतिरिक्त समयमा १–०ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको थियो ।
एक महिना अघि भएको युरो कपमा स्पेनी युवा टिमले सनसनीपूर्ण प्रदर्शन गरेको थियो ।
युरो कपमा इटाली बिरुद्ध वेम्बली (लन्डन) को त्यो प्रतिस्पर्धा पहिलो रोजाइमा खेलेका पाँच खेलाडीलाई उतारेको थियाे ।
स्पेनलाई टोकियो ओलम्पिक २०२० को सेमिफाइनलमा आयोजक जापानले कडा टक्कर दिएको थियो ।
स्पेनलाई २५ वर्षीय एसेन्सियोले निर्णायक गोल गर्दै स्पेनलाई २१ वर्षपछि ओलम्पिक फुटबलमा फाइनलमा पुऱ्याका थिए ।

मिकेल ओयरजबलले पेनाल्टी क्षेत्रमा दिएको बललाई नियन्त्रण गर्दै एसेन्सियोले ११५ औं मिनेटमा सेकेन्ड बार च्याप्दै घुमाउरो रुपमा लोभलाग्दो गोल गरे ।
जसले पहिलोपल्ट ओलम्पिकको फाइनल खेल्ने जापानको सपना तुहाइदियो ।
ब्राजिल लगातार तेस्रोपल्ट फाइनलमा
डिफेन्डिङ च्याम्पियन ब्राजिल पनि दुई घन्टाको प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा मेक्सिकोलाई पन्छाउादै उपाधि रक्षाको अभियानमा अगाडि बढेको हो ।
इबाराकी कासिमा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अतिरिक्त समयको ३० मिनेट पनि गोलरहित सकिएकाे थियाे ।

खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–१ को जित निकाल्दै ब्राजिल ओलम्पिक स्वर्णपदक रक्षाको नजिक पुगेको हो ।
ब्राजिली गोलकिपर सान्तोसले मेक्सिकोको पहिलो प्रहारमै एडुआर्डोलाई असफल पारिदिए ।
त्यसमा सान्तोसले उत्कृष्ट बचाउ गरे ।
त्यसपछि जोहान भास्क्वेजको प्रहारमा बल पोस्टमा लागेपछि ब्राजिललाई फाइनल प्रवेश गर्न गाह्रो भएन ।
३८ वर्षीय फुलब्याक ड्यानी आलभेस, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमेरस र रेइनरले पेनाल्टी गाेल गरेका थिए ।
यी चार खेलाडीले सटिक प्रहार गरेपछि ब्राजिल लगातार तेस्रोपल्ट ओलम्पिक फुटबलको फाइनलमा पुग्यो ।
निर्धारित समयमै ब्राजिल जितनजिक पुगेको थियो ।
इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले ८२ औं मिनेटरमा गरेको हेडरमा गोलपोस्ट वाधक बनेको थियो ।
घरेलु भूमिमा भएको रियो ओलम्पिक २०१६ मा भने ब्राजिल टाइब्रेकरमा जर्मनीलाई पराजित गर्दै पहिलोपल्ट ओलम्पिक च्याम्पियन भएको थियो ।

नेयमार प्रेरित त्यो सफलतालाई आलभेसको नेतृत्वमा ब्राजिलले टोकियोमा रक्षा गर्ने अपेक्षा गरिएको छ ।
याे पनि पढ्नु हाेस्:
म्यानचेस्टरका हेन्डरसन प्रशिक्षण शिविरबाट बाहिर निकालेको छ
वि.सं.२०७८ साउन २० बुधवार ११:४५




















