म्यानचेस्टरका हेन्डरसन प्रशिक्षण शिविरबाट बाहिर निकालेको छ
स्कटल्याण्डमा क्लबको प्रशिक्षण शिविर गुमाउने छन्
वि.सं.२०७८ साउन १९ मंगलवार १२:५४
2.5K
shares
एजेन्सीः म्यानचेस्टर युनाइटेडका डीन हेन्डरसन गोलकिपरलाई कोभिड -१९को कारण प्रशिक्षण शिविरबाट बाहिर निकालेको छ ।
म्यानचेस्टरका गोलकिपर डीन हेन्डरसन कोभिड -१९ बाट निको भए पनि यस हप्ता स्कटल्याण्डमा क्लबको प्रशिक्षण शिविर गुमाउने छन् ।
म्यानचेस्टरका २४ वर्षीय इंग्ल्याण्डका अन्तर्राट्रिय गोलकिपर डीन हेन्डरसनलाई तीन हप्ता अघि गरिएको परीक्षण कोरोना पोजेटिभ देखिएको थियो ।
एक अन्तरर्वातमा क्लबले भने कि हेन्डरसन कोरोना भाइरस संग सम्बन्धित लामो थकानू बाट पीडित छन् ।
हेन्डरसन हिपको चोटबाट निको भएका छन् जसले उनलाई जुनमा युरोपियन च्याम्पियनसिपको सुरुमा इंग्ल्याण्ड टोलीबाट बाहिर निकालेको थियो ।
शनिवार प्रेस्टनमा युनाइटेडको प्री-सिजन मैत्रीमा केहि संख्यामा कोभिड पोेटिभ केसहरु देखिए पछि रद्द गरियो ।
पहिलो टोलीलाई कोभिड- १९ को परीक्षणमा सबै नेगेटिभ रिर्पाट आएपछि टोली शुक्रबार प्रशिक्षणमा फर्किएको थियो ।
युनाइटेडले भने कि उनी हेन्डरसन चाँडै प्रशिक्षणमा फर्कने आशा गर्छन् ।
यसैबीच, स्पेनका गोलकिपर डेभिड डी जीआले पनि युरो २०२० को खेल सकाएर क्लबमा हाजिर भएका छन् ।
यो पनि पढ्नु होस्ः
नेपाली क्रिकेटर पारस खड्काद्वारा सामाजिक सन्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
वि.सं.२०७८ साउन १९ मंगलवार १२:५४



















