YouTube Link

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन सार्ने तयारी गर्दै

मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील सदस्यताको विषयका कारण महाधिवेशन सार्ने तयारी

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले भदौ दोस्रो साताका लागि तय गरेको पार्टीको १४औं महाधिवेशन सार्ने तयारी गरेको छ ।

महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका थियो ।

सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील सदस्यताको विषयका कारण महाधिवेशन सार्ने तयारी भएको बुझिएको छ ।

पहिलो पटक सरकार बनेको, स्थानीय निर्वाचनको लागि केन्द्रित हुनुपर्ने र कोरोनाका कारण अहिले महाधिवेशन गर्न सम्भव नहुने भएकोले सार्नुपर्ने आवाज उठेको स्रोतको भनाई छ ।

कांग्रेसका प्रभावशाली  युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, बद्री पाण्डेलगायतका नेताहरुको भेलाले भर्खरै सरकार गठन भएको, स्थानीय तहको चुनाव निकट आइसकेको, कोरोना अझै नसकिएको र सरकारले साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेकोले अधिवेशनका कार्यक्रम अघि बढाउन नसक्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको तीनै गुटका नेताहरुलाई युवा नेताहरुले नै लबिङ गरेपछि महाधिवेशन कार्यक्रम सर्ने तयारी भएको स्रोतले बताएको छ ।

यसअघि पनि विभिन्न कारण देखाउँदै कांग्रेसको महाधिवेशन दुई पटक सरिसकेको छ ।

२०७२ फागुन तेस्रो साता कांग्रेसको १३औं महाधिवेशन भएको थियो । त्यसैको आधारमा २०७६ फागुनदेखि देउवाको चारवर्षे कार्यकाल पनि सकिएको छ ।

विधान अनुसार एक वर्ष म्याद थप गरेर २०७७ फागुन पुर्याएको थियो । त्यो समयमा पनि महाधिवशेन हुन सकेन ।

त्यसपछि संवैधानिक व्यवस्था अनुसार थप ६ महिना कार्यकाल थपिएको थियो त्यो म्याद यही भदौ २३ मा सकिँदैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...