Rajshow Bivag

टोकियो ओलम्पिक ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा

खेलकुदको महाकुम्भ

Departmant of helth services

एजेन्सीः टोकियो ओलम्पिक यसै सातबाट शुरु हुने भएको छ ।

खेलकुदको महाकुम्भ २३ जुलाई देखि ८ अगस्टसम्म १७ दिन चल्नेछ ।

प्रतियोगिता जापानको विभिन्न ४२ वटा ‘भेनु’मा हुनेछन् ।

कोभिड–१९ महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताका खेलहरू जापानको राजधानी टोकियो शहरमा हुँदै छन् ।

विश्व खेलकुदको महाकुम्भ मेलामा ३३ खेल समावेश छन्  ।

प्रतियोगितामा ३३९ पदकको निर्क्योल हुनेछ  ।

३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको आधिकारिक उद्घाटन भने अर्को शुक्रबार ९२३ जुलाई०मा हुनेछ  ।

महिला फुटबल र सफ्टबलका प्रतिस्पर्धा यही बुधबारबाटै सुरु हुँदै छन् ।

प्रतियोगिता उद्घाटन भएको दोस्रो दिनबाट पदकको निश्चित हुनेछ  ।

१७ दिन सम्म चल्ने यो प्रतियोगिता ८ अगस्टसम्म चल्नेछ ।

सोही साँझ प्रतियोगिताको समापन हुनेछ ।

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेपालबाट पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा संयुक्त रूपमा बोक्ने भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले यसपटक टोकियो ओलम्पिकमा सहभागी खेलाडीहरूलाई लैंगिक समानता बनाउन उद्घाटनको मार्चपासमा पुरुष र महिलाले झन्डा बोक्ने जनाएको छ ।

नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् ।

टोकियो ओलम्पिक यही २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना हुनेछ ।

गत साता नै एलेक्स र गौरिका ओलम्पिकमा सहभागी हुन र प्रशिक्षण गर्न टोकियो पुगेका छन् ।

याे पनि पढ्नु हाेस्

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...