YouTube Link

नेपाल बंगलादेश बैंकले किसान कृषि लोन कार्ड वितरण

Facebook Link

काठमाडौं:  नेपाल बंगलादेश बैंकले किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको हो ।

नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको सुरुआत गरिएको हो । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत बिनाधितो एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।

उक्त कार्डबाट कृषकहरुले सामान खरिद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट सुरु गरी नेपाल अधिराज्यभरि नै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने जनाएको छ ।

बैंकले हाल  ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।

यो पनी पढ्नुहोस् :

मनकामना स्मार्ट लघुवित्त आईपीओ भोलि सोमबार बाँडफाँड हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...