YouTube Link

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुदै

Facebook Link

काठमाडौं:  युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असार २४ गतेबाट आईपीओ निष्कासन हुदैछ । कम्पनीको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन हदैछ।

 

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

 

युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ निष्कासनका लागि युनियन लाइफलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ। यो रेटिङको वैधता अवधि एक वर्ष रहनेछ।

 

आर्थिक वर्ष २०७५/७६ को वार्षिक तथ्यांकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ९.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११५.१३ रुपैयाँ छ । आव २०७६/७७ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४६ रुपैयाँ रहेको छ।

 

प्रक्षेपित तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ हुनेछ। आव २०७८/७९ मा भने प्रतिसेयर आम्दानी ६.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ र आव २०७९/८० मा भने प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ।

 

चालु आर्थिक वर्ष अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। जसमा आईपीओ बिक्रीपछि सर्वसाधारणको ६४ करोड ५० लाख रुपैयाँ (३० प्रतिशत) हुनेछ। संस्थापक समूहको १ अर्ब ५० करोड ५० लाख रुपैयाँ (७० प्रतिशत) रहेको छ।

 

कम्पनीले आव २०७९/८० सम्म खुद नाफा १८ करोड ८३ लाख रुपैयाँ पुग्ने र जगेडामा ९९ करोड ६७ लाख रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

 

यो पनी पढ्नुहोस् :

आरबीबी म्युचुअल फन्ड–१ का इकाइहरु बिक्री खुला

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...