Rajshow Bivag

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुदै

Departmant of helth services

काठमाडौं:  युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असार २४ गतेबाट आईपीओ निष्कासन हुदैछ । कम्पनीको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन हदैछ।

 

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

 

युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ निष्कासनका लागि युनियन लाइफलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ। यो रेटिङको वैधता अवधि एक वर्ष रहनेछ।

 

आर्थिक वर्ष २०७५/७६ को वार्षिक तथ्यांकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ९.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११५.१३ रुपैयाँ छ । आव २०७६/७७ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४६ रुपैयाँ रहेको छ।

 

प्रक्षेपित तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ हुनेछ। आव २०७८/७९ मा भने प्रतिसेयर आम्दानी ६.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ र आव २०७९/८० मा भने प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ।

 

चालु आर्थिक वर्ष अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। जसमा आईपीओ बिक्रीपछि सर्वसाधारणको ६४ करोड ५० लाख रुपैयाँ (३० प्रतिशत) हुनेछ। संस्थापक समूहको १ अर्ब ५० करोड ५० लाख रुपैयाँ (७० प्रतिशत) रहेको छ।

 

कम्पनीले आव २०७९/८० सम्म खुद नाफा १८ करोड ८३ लाख रुपैयाँ पुग्ने र जगेडामा ९९ करोड ६७ लाख रुपैयाँ हुने प्रक्षेपण गरेको छ।

 

यो पनी पढ्नुहोस् :

आरबीबी म्युचुअल फन्ड–१ का इकाइहरु बिक्री खुला

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...