नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु
५० खेलाडी बोलाइने
वि.सं.२०७८ असार २१ सोमवार ११:३८
2.2K
shares
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारबाट सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ ।
खेलाडीमा कोरोना संक्रमण देखिएपछि रोकिएको बन्द प्रशिक्षण सूचारु गरिएको एन्फा स्रोतले जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडी बोलाइने बताएका छन् ।
साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ असार २१ सोमवार ११:३८




















