YouTube Link

भारतीय निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा सडक हिँडिनसक्नु

Facebook Link

काठमाडौं:   भारतीय निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा राँके–रवि–भेँडेटार जोड्ने सडक हिँडिनसक्नु बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालोपत्रेको शिलान्यास गरेको सडक हिँडिनसक्नु बनेको हो ।

 

प्रधानमन्त्री ओलीले पूर्वी पहाडी जिल्ला पाँचथरको राँकेदेखि धनकुटाको भेँडेटार जोड्ने सडक निर्माण भएको दुई दशकपछि कालोपत्रे गर्ने योजनासहित २०७५ पुसमा शिलान्यास गरेका थिए ।

 

भारतको लखनउस्थित एप्को इन्फ्राट प्रालिले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कालोपत्रेको जिम्मा लिएको छ । भारतीय निर्माण कम्पनीले चरम लापरबाही गर्दा सडकको अवस्था झन् हिँडिनसक्नु बनेकोले स्थानीयवासी निराश बनेका छन् ।

 

बर्खा लागेसँगै पानी जमेर सडक कतै हिलाम्मे र कतै पोखरीजस्तै भएकाले सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएको छ । सडकका विभिन्न खण्डमा हिलोमा फसेका सवारी साधनलाई स्काभेटरको सहयोगमा निकाल्नुपर्ने बाध्यता रहेको छ ।

 

कुल १०० किलोमिटर लामो सडक अहिलेसम्म पाँचथरतर्फको २ किलोमिटर र धनकुटातर्फको राजारानी र बुधबारे खण्डको कुल चार किलोमिटर ग्राभेल गर्नेबाहेक अन्यत्र माटोको काममात्र भएको बताए । राँके–रवि, रवि–बुधबारे, बुधबारे–भेँडेटार गरी तीन भागमा विभाजित गरेर काम सञ्चालन हुँदै आएको सडकमा २१० वटा स्लाप कल्भर्ट, ३२० वटा होम पाइप कल्भर्ट रहनेछन् ।

 

इलाम र पाँचथरको सिमाना राँकेबाट महाभारत डाँडा हुँदै मोरङसँगै धनकुटाको भेँडेटारसम्म पुग्ने यो मार्ग कालोपत्रेका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ रकम लागत अनुमान छ, जसमा एक्जिम बैङ्क अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लागत रहने छ ।

 

यो पनी पढ्नुहोस् :

सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८.४१ प्रतिशतले बढी धान रोपाइँ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...