YouTube Link

लिओनल मेसीले अन्तिम विश्वकप छनोट खेल अर्जेन्टिनामै खेल्ने

Facebook Link

एजेन्सीः अर्जेन्टिनाका कप्तान लिओनल मेसीले यो हप्ता आफ्नो अन्तिम विश्वकप छनोट खेल अर्जेन्टिनामै खेल्ने भएका छन् । ३८ वर्षीय मेसीले बिहीबार ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध मैदान ओर्लिँदैछन् । उनले यसलाई निकै विशेष खेल बताएका छन् । यो खेलमा उनका पत्नी, सन्तान, आमा-बुबा र दाजुभाइ-दिदीबहिनी सबै उपस्थित हुनेछन् ।

 

‘यो मेरो लागि निकै विशेष हुनेछ, किनभने यो मेरो अन्तिम छनोट खेल हो । यसपछि मैत्रीपूर्ण वा अन्य खेल हुने हो कि होइन, थाहा छैन,’ आठ पटक बालोन डि’ओर जितेका मेसीले गत सातैता भनेका थिए । अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले बुधबार पत्रकारसँग भने, ‘यदि साँच्चिकै यो अन्तिम छनोट खेल हो भने यसलाई भावुक, विशेष र सुन्दर रूपमा लिनुपर्छ । हामीलाई यो क्षणको आनन्द लिनै पर्छ ।’

 

पहिल्यै ३५ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिनासँगै अझै तीनवटा स्वचालित स्थान भने बाँकी रहेका छन् । २५–२५ अंकसहित इक्वेडर र ब्राजिलले विश्वकप यात्रा सुनिश्चित गरिसकेका छन् । त्यसपछि उरुग्वे र पेराग्वे २४–२४ अंकमा छन् भने कोलम्बिया २२ अंकसहित पाँचौं स्थानमा छ ।

 

१८ अंक जोडेको भेनेजुएलाको भने पहिलोपटक विश्वकप खेल्ने सपनामा अझै जीवितै छ । इक्वेडरको पुनरागमन यस अभियानको सबैभन्दा रोचक कथा बनेको छ । खेलाडी योग्यता सम्बन्धी विवादका कारण तीन अंक कटौती भएपनि विश्वकप स्थान सुरक्षित गर्न सफल भए । ब्राजिलको यात्रा भने अलि अस्थिर रह्यो । अर्जेन्टिनासँग ४-१ को हारपछि प्रशिक्षक डोरिभाल जुनियरलाई हटाइयो र कार्लो एन्चेलोटीले इक्वेडरसँग ०-० को खेलमा प्रशिक्षकको रूपमा डेब्यु गरे ।

 

यस छनोटमा धेरै ऐतिहासिक क्षणहरू पनि बने । नोभेम्बर २०२३ मा कोलम्बियाले पहिलो पटक ब्राजिललाई पराजित गर्दै २-१ को जित हात पारेको थियो । सेप्टेम्बर २०२४ मा पेराग्वेसँग ०-० को बराबरी खेल्दा उरुग्वेका कप्तान लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएका थिए ।

 

बिहीबारका खेलहरूमा पेराग्वे-इक्वेडर, अर्जेन्टिना-भेनेजुएला, उरुग्वे-पेरु, कोलम्बिया-बोलिभिया र ब्राजिल-चिली भिड्नेछन् । यदि बाँकी सबै स्पष्ट भइसकेन भने अन्तिम खेल अर्थात् सेप्टेम्बर ९ मा स्वचालित विश्वकप स्थानका लागि अन्तिम टुंगो लाग्नेछ । आउँदो वर्ष जून-जुलाईमा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले विश्वकपको आयोजन गर्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...