‘सर्भिस डिसरपसन’ भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको गुगलको वेबसाइटमा उल्लेख
वि.सं.२०७५ चैत १३ बुधवार १७:५४
930
sharesएजेन्सी: विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ । गुगलले आफ्नो वेबसाइटमा ‘सर्भिस डिसरपसन’ भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ ।
‘केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर गर्न सकिरहेको छैन’ गुगलले उल्लेख गरेको छ । गुगलले आफ्नो इन्जिनियरिङ टोलीले समस्याका बारे अनुसन्धान गरिरहेको बताएको छ । यस्तै यस सम्बन्धी छिट्टै अर्को सूचना जारी गर्ने बताएको छ ।
वि.सं.२०७५ चैत १३ बुधवार १७:५४