YouTube Link

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप कोल्याब

Facebook Link

एजेन्सीः टिकटकलाई टक्कर दिनेगरी फेसबुकले नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध छ । यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ एप हुनेछ जसमा प्रयोगकर्ताले कुनैपनि गीतमा आफ्नो भिडियो तयार गरी अपलोड गर्न सक्दछन् ।

यो एपमा प्रयोगकर्ताले कुनै संगीतमा आफ्नो छोटो भिडियो तयार गर्न सक्दछन् । यस्तो भिडियो तीन भागमा बाँडिएको हुन्छ र तिनवटै भिडियो एकपछि अर्को गर्दै आउँदछन् । तीनवटा भिडियोका संगीतमा फरक–फरक वाद्यवादनको प्रयोग गर्न सकिन्छ वा आफूले एक भाग रेकर्ड अरू दुई भाग अन्य दुईजना साथीलाई रेकर्ड गरेर तीनजनाको भिडियो एकसाथ मिसाएर एकीकृत भिडियो तयार पार्न सकिन्छ ।

भिडियो सिर्जना गरेसँगै प्रयोगकर्ताले त्यसलाई आफ्नो वालमा पोष्ट गर्न सक्दछन् । त्यसरी पोष्ट गरिएका भिडियोहरू अन्य प्रयोगकर्ताले हेर्न तथा त्यसैलाई प्रयोग गरेर आफ्नै भिडियोहरू पुनः सिर्जना गर्न सक्दछन् । कोल्याबमा पोष्ट गरिएका भिडियोहरू इन्स्टाग्राम, फेसबुक स्टोरिज तथा अन्य प्लाटफर्ममा पनि सेयर गर्न सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...