आजदेखि नेपालले आठ देशका नागरिकलाई ‘अनअनराइभल’ भिसा नदिने
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०८
1.1K
shares
काठमाडौं: नेपालले आजदेखि ८ देशका नागरिकलाई अनअनराइभल भिसा नदिने भएको छ । यसअघि ५ वटा देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको भएपनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा नदिने निर्णय गरेको हो ।
कोरोनाभाइरसको जोखिम बढेपछि यस्तो निर्णय लिइएको अध्यागमन विभागले जनाएको छ । यो निर्णय अल्पकालीन भएको अध्यागमन विभागले जनाएको छ । कोरोनाबाट उच्च जोखिममा रहेका मुलुकहरु फ्रान्स, स्पेन, जर्मनी, चीन, जापान, दक्षिण कोरिया, इटली र इरानका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय सरकारले गरेको हो ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०८



















