दक्षिण एसियाका सबै देशमा कोरोना भाइरस
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०७
1.1K
shares
काठमाडौं: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुकमा कोरोना भाइरसको संक्रमण पुगेको छ । पछिल्लो पटक श्रीलंका र बंगलादेशमा पनि कोरोना भाइरस संक्रिमत बिरामी भेटिएका हुन् । नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिए पनि अहिलेसम्म यी आठै मुलुकमा कोही पनि बिरामीको मृत्यु भने भएको छैन ।
चिनियाँ नागरिकको बाक्लो उपस्थिति हुने यी सार्क क्षेत्रका यी मुलुकमध्ये भारतमा सोमबारसम्म कोरोनाका ४३ जना बिरामी भेटिएका छन् । पछिल्लो पटक आइतवार सार्क सदस्य राष्ट्र बंगलादेशमा तीजना कोरोनाका बिरामी भेटिएका छन् । बंगलादेशको राजधानी सहर ढाकामा गरिएको परीक्षणबाट २० देखि ३५ वर्षबीचका २ पुरुष र एक महिलालाई कोरोना संक्रमण पाइएको हो । कोरोना संक्रमितमध्ये २ जना इटालीबाट फर्किएको त्यहाँका स्वास्थ्यअधिकारीले जनाएका छन् । त्यसैगरि अर्को सार्क राष्ट्र श्रीलंकमा पनि कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएका छन् । उनलाई पनि क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०७



















