Texas College
YouTube Link

बाँस्कोटालाई कडा कारबाहीको माग गर्दै नेकपा (माओवादी केन्द्र) वाईसिएलले निकाल्यो कडा बिज्ञाप्ती

Facebook Link

काठमाडौं: सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिशनका लागि सेटिङ गरेको प्रमाण अडियोसहित आर्थिक लेनदेनको विषयमा डिलिङ् गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको थियो ।

यु-ट्युव तथा सामाजिक सञ्जाल मार्फत भाईरल भएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित प्रसंग जोड्ने स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह मिश्रसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको बिषयमा समाचार बाहिर आएपछि राजिनामा दिएको गोकुल बास्कोटालाई असभ्य भाषा प्रयोग गरेकोले हदैसम्मको कारबाही हुनुपर्ने माग राख्दै नेकपा माओबादी केन्द्र निकट युवा कम्युनिष्ट लिगले प्रेस बिज्ञाप्ती निकालेको छ ।

कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएर मात्रै नपुग्ने उनलाई कडाभन्दा कडा कारवाहीको माग गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ- ‘युवा कम्यूनिष्ट लिग र हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले बारम्बार भन्दै आएको हो कि यो सरकारले जनताको सेवाभन्दा पनि उल्टै जनताको खुनपसिनामा कर बढाएर आफ्नो मोजमस्तीका लागि ढुकुटीको दुरुपयोग गरिरहेको छ । आज यो विषय बाँस्कोटाको घुस्याहा चरित्रले फेरि प्रष्टिएको छ ।’ युवा कम्युनिष्ट लिगको कार्यबाहक अध्यक्ष प्रकाश दुमी राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ ।

बाँस्कोटाले राजीनामा दिएर मात्र उन्मुक्ति नपाउन, बालुवाटारको जग्गा हडप्ने डवल नेकपाका महासचिव बिष्णु पौडेललाई जोगाए जस्तै राजिनाम दिँदैमा गोकुल बास्कोटालाई त्यतिकै उन्मुक्ती दिनु नहुने र प्रधानमन्त्री केपी ओलीले घुस माग्ने बाँस्कोटा, घुस दिन खोज्ने विजयप्रकाश मिश्र र जग्गा दलाल पौडेलमाथि निष्पक्ष छानविन गरी दोषको आधारमा कडा कारवाहीको माग गर्दै युवा कम्युनिष्ट लिगले कडा बिज्ञाप्ती जारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...