YouTube Link

बालुवाटार जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट, बालुवाटार जग्गा कब्जा गरेको विप्लवको दाबी

World Cup 2026
Facebook Link

काठमाडौं: बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १ को नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो । बालुवाटरको १ सय ४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन् ।

विस्फोटले घरको सिसा फुटको छ भने गेटमा समेत क्षति पुगेको छ । प्रहरीले अज्ञात समूहले बम विस्फोट गराएको बताएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन । बिस्फोट आसपासका क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ । उक्त पर्चामा बालुवाटारको जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।

विप्लवको पर्चामा ललिता निवासको जग्गा आफ्नो पार्टीले कब्जा गरेको जनाएको छ । पार्टीले अर्को निर्णय नगरेसम्म ललिता निवासको जग्गा कब्जा गरेको दाबी विप्लव समुहको छ । यो जग्गा कसैले कारोबार गर्न नपाउने दाबी पर्चामा गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...