आज स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती
वि.सं.२०७६ पुस १४ सोमवार ११:१३
1.1K
shares
काठमाडौं: आज स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा मृत्यु भएको थियो । सो हत्या काण्डमा राजपरिवारका ९ जना सदस्यको हत्या भएको थियो । हत्याकाण्ड अझै रहस्यमय छ ।
२०२८ सालमा बाबु महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय संगठन (सार्क)को स्थापना पनि गर्नुभएको थियो । त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
वि.सं.२०७६ पुस १४ सोमवार ११:१३



















