YouTube Link

दार्चुलाको तींकर सडकखण्ड अन्तर्गत राताकाठामा हिजो भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु

World Cup 2026
Facebook Link

दार्चुला: दार्चुला तींकर सडक खण्डको राताकाठामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने जीपका चालक गम्भीर घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरिक्षक रविन्द्र कठायतकाअनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जीप दुहु गाउँपालिका-३ राताकाठाको भीरमा खसेर दुर्घटना भएको हो ।

हिजो साँझ सवा ८ बजेतिर खसेको जीपमा सवार मध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाईते अवस्थामा उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ । तीन जना महिलाको शव सडकमा निकालिसकिएको, चार जना महिला, तीन जना पुरुष र एक जना बालकको शव भीरमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरिक्षक कठायतका अनुसार चार जना महिलाबाहेक अन्यको शव निकाल्न सकिने अवस्था नरहेकाले आज बिहान मात्र निकालिने बताउनुभयो । ‘रातको समयमा भीरमा गएर शव निकाल्न सक्ने अवस्था नभएकोले आज बिहानमात्र निकालिने प्रहरी निरिक्षक खडकाले बताउनुभयो । गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई भने जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको प्रहरीले जनाएको छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगेपनि रातको समय भएकाले भीरमा पस्न सकेको छैन । एक दशकदेखि निर्माणाधीन राताकाठामा प्रशाशनले एक वर्षदेखि जीप चल्न रोक लगाए पनि दिउसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्याससहितका गाउँ जानका लागि मानिसहरु राती जीप लिएर जाँदै गरेको प्रहरीको भनार्इ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...