नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, उपनिर्वाचनको समिक्षा तथा भातृ संगठन गठन बारे बैठकको मुख्य एजेन्डा
वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:२२
744
sharesकाठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टी मुख्य कार्यालय सानेपामा बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनको समिक्षा, संसद अधिवेशन, सीमा अतिक्रमण तथा भातृ संगठनको गठनलाई एजेन्डाको रुपमा तय गरेको जनाएको छ ।
बैठकले भक्तपुरमा भएको प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा विजय हासिल गर्नु ठुलो उपलब्धी भएको निस्कर्ष निकालेको छ । कतिपय स्थानमा अन्तरघात भएको हुनसक्ने भन्दै छलफल गरेर अगाडी बढ्ने कांग्रेसको तयारी छ । त्यस्तै पुस ४ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने र सभामुखको निर्वाचनमा के गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
सीमा अतिक्रमणको विषयमा सरकारले कुटनीतिक पहल गर्नुको सट्टा दन्तवजानमा लागेको भन्दै गम्भिर छलफल गर्ने कांग्रेसको भनाई छ । महाधिवेशन गर्नुपर्ने समय गुज्रेका भातृ संस्थाको बारेमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:२२