YouTube Link

आक्रामक शैलीमा विशिष्ठ व्यक्ति समाउँदै सरकार

Facebook Link

काठमाडौं: बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले आक्रमक शैलीमा विशिष्ठ व्यक्तिहरूमाथि कारबाही सुरु गरेको छ । शुक्रबार गठन भएको सरकारले ३ दिनमा पाँच ५ जना विशिष्ठ व्यक्तिलाई विभिन्न अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

 

मन्त्रिपरिषद्‌को पहिलो बैठकले जेन-जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सोही निर्णयको केही घण्टामा नै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । उनीहरू दुवै जनालाई पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेन-जी घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनमा लापरबाही तथा हेलचेक्र्याइँ गरेको ठहरसहित १० वर्षसम्म कैद सजाय गर्न सिफारिस गरेको थियो । सोही आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

 

प्रहरीले शनिबार दिउँसो एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई पक्राउ गरेको थियो । उनीमाथि बलात्कार आरोप लागेको छ । ओली, लेखक र मल्ल पक्राउ परेको २४ घण्टा नबित्दै सरकारले आइतबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको खड्काको पक्राउ पुर्जीअनुसार जेन-जी विद्रोहका क्रममा उनको घरमा ठूलो मात्रामा पैसा भेटिएको थियो । सोही आधारमा उनीमाथि अनुसन्धान सुरु भएको हो ।

 

त्यस्तै, प्रहरीले आइतबार राति एमाले नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई पक्राउ गरेको छ । रेखालाई बालिकालाई घरमा काममा लगाएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । उनीमाथि बालेन शाह काठमाडौंको मेयर हुँदा काठमाडौं महानगरले समेत अनुसन्धान गरेको थियो । त्यसक्रममा उनको घरबाट एक बालिका उद्धार गरेको थियो । अघिल्ला सरकारको पालामा शर्माविरुद्धको मुद्दा खारेज गरिएको थियो । तर, बालेन सरकारले गठन भएको तेस्रो दिनमै कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रहरीले एमाले सचिव महेश बस्नेतमाथि निगरानी बढाएको छ । बस्नेतविरूद्ध एक महिलाले आइतबार बलात्कार तथा भ्रूणहत्या गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी थिइन् । त्यसलगत्तै बस्नेतमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरी स्रोतका अनुसार बस्नेत आइतबार साँझदेखि नै सम्पर्कबाहिर छन् । यद्यपि, बस्नेतले आइतबार राति सामाजिक सञ्जालमार्फत आफूमाथि बालेन सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

 

यति मात्रै नभएर सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवामाथि अनुसन्धान सुरु गरेको छ । स्रोतका अनुसार देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रहरीले गोप्य रूपमा अनुसन्धान अगाडि बढाएको छ । त्यसका लागि सरकारले जे-जी विद्रोहका क्रममा क्षतिग्रस्त बूढानीलकण्ठस्थित देउवानिवास भत्काउनसमेत रोक लगाएको छ । घर भत्काउँदा प्रमाण नष्ट हुनसक्ने सरकारको ठहर छ ।

 

त्यस्तै, सकारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि अनुसन्धान अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीलाई संरक्षण गरेको, माओवादी लडाकुलाई भरणपोषणका नाममा आएको रकम हिनामिना गरेको र शंकास्पद रूपमा सम्पत्ति जोडेको आरोप छ । त्यसैगरी नेकपाकै सह-संयोजक माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरण, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र पूर्वपरराष्ट्रमन्त्री डा‍. आरजु देउवा राणामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...