YouTube Link

डीआईजी साब ! ‘तुम कभी नही सुध्रिङ्गे’ कारबाही प्रक्रिया शुरु

Facebook Link

काठमाडौं: नेपाल प्रहरी संगठन ‘चेन अफ कमाण्ड’ मा चल्ने जनतासँग सबैभन्दा नजिक रहेर खट्ने अग्रणी सुरक्षा संगठन हो । अनुशासन नेपाल प्रहरी संगठनको सुनौलो गहना हो भने अपराध-अनुसन्धान र नियन्त्रण गरेर शान्त-सुरक्षित र समुन्नत राष्ट्र उसको प्रमुख कर्तव्य हो । आफ्नो जिम्मेवारीमा सदैव अब्बल रहेकाले नै नेपाल प्रहरी दक्षिण एसियामा उत्कृष्ठ अनुसन्धाता कहलिएको हो ।

 

‘चेन अफ कमाण्ड’ मा चलेर अनुशासनमा रहनुपर्ने नेपाल प्रहरी संगठनमा संगठनको नीति र हितविपरीत कसैले काम-कारबाही गर्छ भने उसले कारबाहीको भागिदार हुनैपर्छ । यही नीतिअनुसार केही दिनअघि भएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवाका सम्बन्धमा सामाजिक सञ्जालमा संगठनको नीति र हितविपरीत तीतो पोख्ने प्रहरी नायब महानिरीक्षक जयराज सापकोटालाई नेपाल प्रहरी प्रधान कार्यालयले विभागीत कारबाही प्रक्रिया शुरु गरेको छ ।

 

प्रहरी नायब महानिरीक्षक सापकोटाले सरुवा सम्बन्धमा ‘हम कभी नही सुध्रिङ्गे नेपाल पुलिस डीआईजीपी पोष्टिङ्ग’ शीर्षक दिएर आफ्नो फेशबुक आईडी ‘सापकोटा जय’ मार्फत् नेपाल प्रहरी संगठनको नीति र हितविपरीत तीतो पोखेका थिए । उनी हाल नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् ।

 

प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले आफ्नो फेशबुक आईडीमार्फत् पोष्ट गरेको उक्त सामग्री प्रहरी नियमावली, २०७१ मा भएको प्रहरी आचरणसम्बन्धी व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति २०६०, नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ तथा सोको कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा भएका परिपत्रविपरीत भएकाले विभागीय कारबाही प्रक्रिया शुरु गरिएको बताइन्छ ।

 

यस किसिमको विभागीय कारबाहीले भविष्यमा संगठनका कुनै पनि सदस्यलाई संगठनको नीति र हितप्रति थप सचेत गराउने विश्वास लिइएको छ भने ‘चेन अफ कमाण्ड’ मा चल्ने संगठनका सदस्यलाई अनुशासनप्रति थप जिम्मेवार बनाउने नै छ । त्यस अर्थमा यो कारबाही प्रक्रियालाई सकारात्मक कदम भन्न सकिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...