YouTube Link

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

Facebook Link

काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालका लागि बन्द भएको छ ।

 

यातायात व्यवस्था विभागले आज सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा बन्द रहने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्न गएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

 

यसैबीच विभागले जेन-जी प्रदर्शनको क्रममा लुटपाट भएका सामग्री भेटेमा बुझाइदिन पनि सबैलाई अनुरोध गरेको छ । कसैले यातायात विभाग, जि.खा.पा.नं. उल्लेख गरिएका सामान देखे, भेटाए, पाए कार्यालयका कर्मचारी वा नजिकको सुरक्षानिकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।

 

विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीका अनुसार विभागको सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टि.भी., छपाइ मेसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामान चोरी/लुटपाट भएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...