YouTube Link

मन्त्री फेरबदलका लागि आज प्रधानमन्त्री ओली र देउवाबीच बैठक

Facebook Link

काठमाडौं:  संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषदमा उल्लेख्य फेरबदलको तयारी गरेका छन् । यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकिरहेको थिएन ।

कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एक चरण कुराकानी गरिसकेका छन् । तर, एमाले मन्त्रीको सेट नै फेर्ने मनशायमा रहँदा कांग्रेसले भने सबै मन्त्री फेर्ने पक्षमा छैन । पछिल्लो समय भने कांग्रेस गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र एमाले अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ बाहेकका मन्त्री फेर्न तयार भएको स्रोतले बताएको छ । छोटो समय मात्र भएकाले शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको मन्त्री पद पनि यथावत् रहनेछ । केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी श्रममन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्न पत्र पठाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...