उपत्यकाको वायु प्रदूषण उच्च, केही स्थानमा खतराको तहमा

वि.सं.२०८१ चैत २० बुधवार १०:५५
696
shares
काठमाडौं: काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ । आइतवारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ ।
बुधवार काठमाडौं विश्वको प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहेपनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ । आईक्यूएयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौँको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।
जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

वि.सं.२०८१ चैत २० बुधवार १०:५५